निर्धारण गतिएको नया भाडादर विवादमा जाजरकोट । जाजरकोट जिल्ला प्रशासन कार्यालयले तोकेको नया भाडादर विवादमा आएको छ । समान दुरि भएको फेरा भन्दा स्याउली बजारको भाडा दोब्बरले बढी भएपछी भाडादर विवादमा तानिएको हो । ३ गते मङलवार जिल्ला प्रशसन कार्यलयले नया भाडादर सार्वजनिक गरेको थियो। नया भाडादर सार्वजनिक भए पछि भाडादर अबैज्ञानिक तरिकाले निर्धारण गरिएको भन्दै सर्वसाधारण जनताले सामाजिक सन्जाल मार्फत बिरोध गरेका छन। जिल्ला सदरमुकाम जाजरकोट खलंगाबाट फेराको लागि भाडादर रु १२५ छ भने समान दुरि भएको स्याउलिको लागि भने रु ३०० रहेको छ । यो भाडादर मान्ने नहुने र जिल्ला प्रशासन कार्यालयले हेरफेर नगरे आन्दोलनमा उत्रने वडा न ८ का वडा अध्यक्ष वीर बहादुर चन्दले सामाजिक सन्जाल मार्फत व्यक्त गरेका छन। तर जिल्ला प्रशासन कार्यालयले भने अहिलेसम्म कुनै अभिव्यक्ति सार्वजनिक गरेको छैन।