महोत्तरीको बर्दिबासमा दिलिप महतोलाई पर्यावरण सहिद घोषण गर्न श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
२०७६ साल पुस २५ गते को दिन ओम प्रकाश महतो दिलिप लाई अबैध खोला उत्खनन रोक्न गएको बेला टिपरले किचेर हत्या गरिएको थियो । सोमवार महतोलाई हत्या गरेको तीन वर्ष पुग्दा पनि अहिले सम्म उनको परिवाले न्याय पाउन सकेका छैनन । महोत्तरीका रहेका महोत्तरी युवा सन्जाल, बर्दिबास युवा सन्जाल, युथ एशोसिएसन अफ नेपाल र जनसहयोगी युवा सञ्जाल को साझा आयोजनामा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरेको उक्त कार्यक्रमको नेतृत्व गरेकी हिरो अफ द मदेशकी गङ्गा शाहले जानकारी दिएकी छिन।
विरोध कार्यक्रममा महतोलाई पहिलो पर्यावरण सहिद घोषणा गर्ने माग राखेको पनि शाहले बताइन। महतोले देशको पर्यावरण जोगाउनका निम्ति आफ्नो जिवनको बलिदानी दिएको भन्दै महतोलाइ पर्यावरण सहिद घोषणा गर्नु पर्ने माग राखेको शाह बताउछिन । महतोको हत्यारा खुलियाम घुमिरहदा पनि सरकार मुकदर्शक बनेर बसेको छ। सोमबार युवाहरुले गरेको कार्यक्रममा हत्यारालाई कार्वाही गर्न र महतोलाई सहिद घोषणा गर्न नारा लगाइएको थियो । महोत्तरीमा मात्र होइन देशको राजधानी काठमाडौ लगायत देशका विभिन्न ठाउमा सोमबार महतोको सम्झनामा दिप प्रज्वलन तथा बिरोध कार्यक्रम गरिएको थियो।
को हुन दिलिप महतोरु
दिलिप महतो धनुषाको मिथिला नगरपालिका वडा न। ५ औरही निवासी एक सक्षम युवा हुन् । उनि मेक्यानिकल इन्जिनियरिंग अध्ययन गर्दै थिए । गाउँको छेउमा रहेको औरही नदिमा अवैध उत्खनन हुदा उनले त्यसको प्रत्यक्ष विरोध गरेका थिए । निरन्तर उनले विरोध गरिरहदा एकदिन उनि बिहानै करिब ४ बजे अवैध उत्खनन भईरहेको थाहा पाए पछी एक्लै विरोध गर्न गएका थिए । सो क्रममा भूमाफियाहरुले उनको टाउकोमा रड प्रहार गरि टिफरले शरीरले किचेर हत्या गरिएको सचिव यादवले जानकारी दिए । दिलिप सदैव अवैध उत्खननले वातावरणमा ह्रास आउने भन्दै त्यसको विरोध गरोरहेका थिए तर जसमा उनले आफ्नो ज्यान गुमाउनु परेको यादवको भनाइ छ । महतोको २०७६ पुष २५ गते हत्या गरिएको थियो ।