सुर्खेत । जिल्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका गुमीबाट सिम्ता गाउँपालिका ९ चोल्पा जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको बोलेरो जिप आईतवार अन्दाजी साढे ६ बजेको समयमा सिम्ता गाउँपालिका वडा नम्बर ९ मुंग्रेमा दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाको मृत्यु र चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा सिम्ता गाउँपालिका वडा नम्बर ९ कि अन्दाजी ३५ वर्षीय रमा चन्द रहेकी छन् ।
यस्तै घाईते हुनेहरुमा सोही ठाउँकी अन्दाजी ४० वर्षीय माया रोकाय, ५० वर्षकी भिमसरा सुनार, उनकी छाेरी अन्दाजी ८ वर्षकी आशा सुनार र सोही ठाउँकी ३० वर्षीय गंगा खड्का रहेको सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले दर्शन खबरलाई जानकारी दिए । घाईते ४ जना मध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको छ । जिप चालक भने फरार रहेको र उनको खाजिकार्य भईरहेको डिएसपी कार्कीले जानकारी दिए ।