एक करोड ५० लाख भन्दाको बढी राहत एक हजार घरधुरीलाई
  • भिम खड्का

जाजरकोट

जाजरकोटमा भुकुम्प प्रभावित एक हजार घरधुरीलाई प्रति घर परीवार १४ हजार पाँच सय भन्दा बढीको त्रिपाल, कमल, भाडाहरु र खाद्य सामाग्री वितरण गरिएको छ ।


कार्तिक १७ गते गएको भुकुम्पबाट पिडितलाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल बाट भेरी नगरपालिका वडा नं. ८ र १०, नलगाड नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ वडाहरुमा मृत्यक परिवार, पुर्णघर भत्कीएका र आधा भत्कीएका, चरकिएका घरहरुलाई पहिलो चरणमा सहयोग सामाग्री वितरण गरीएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवि पन्तले बताउनु भयो ।
प्रभावित घरपरीवारमा १२÷१८ त्रिपाल २ वटा, कम्बल सानो २ वटा, डोरी ४० मिटर, सानो सोलर १ वटा, चामल २५ के.जी, नुन १ के.जी, दाल ३ के.जी, चिनी १ के.जी, डेक्ची ३ वटा, थाली २ वटा, एक थान डाडु पनिउ प्रति घर १५ हजार ५ सय बराबरको सामान जिल्ला बिपत ब्यवस्थापन समिति, पालिका बिपद ब्यवस्थापन समितिको सिफारीसमा सम्बन्धीत वडा कार्यालयबाट प्रभावित घरधुरीमा बितरण गरीएको थियो ।
भुकुम्पको प्रभावसँगै बालबालिका, सुत्केरी महिला, अपागं ब्यक्तीहरुको दैनिकमा हरेक दिन समस्यामा देखिएकोले समधानका लागी सहयोग गरिएको संस्थाले जानकारी दिएको छ ।

  • १० मंसिर २०८०, आईतवार १९:५२ प्रकाशित
  • सम्बन्धित