जाजरकोट ।
आज मङ्गलबारदेखि कक्षा १२ का विद्यार्थीहरुको ग्रेडबृद्धि परिक्षा सञ्चालन भइरहेको छ । जाजरकोट जिल्लाको खलंगामा रहेको त्रिभुवन माद्यमिक विद्यालयमा ग्रेडबृद्धि परिक्षा भइरहेको हो । तर परिक्षा सञ्चालन भइरहेका बेला सोही विद्यालयमा अध्यापन गराउने एक शिक्षकको फेसबुक स्टोरीमा परिक्षाको प्रश्नपत्र बाहिरीएको थियो । सोही विद्यालयमा पढाउने गणित विषयका शिक्षक तेज बहादुर खत्रीको फेसबुक स्टोरीबाट परिक्षाको प्रश्नपत्र बाहिरीएको हो । परिक्षा नसकिदै प्रश्नपत्र बाहिरीए पछि शिक्षक खत्रीको चौतर्फी आलोचना भएको छ । शिक्षक खत्रीको फेसबुकबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरीएको हो । यद्यपी शिक्षक खत्रीले भने यसबारेमा आफ्नो आधिकारिक धारणा व्यक्त गरेका छैनन् ।
परिक्षाको प्रश्नपत्र बाहिरीए पछि विभिन्न राजनीतिक दलका भातृसङ्गठन विद्यार्थी सङ्गठनहरुले आपत्ति जनाएका छन् । नेकपाको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जाजरकोटका विद्यार्थी नेता दिपेन्द्र सीले एक जिम्मेवार शिक्षको फेसबुकबाट त्यसरी सार्वजनिक हुनु भनेको सहि नभएको बताएका छन् । शिक्षा प्रणाली यसरी फितलो नहुनु पर्नेमा विद्यार्थी नेता दिपेन्द्र जोड दिएका छन् । यस घटना विरुद्ध सरोकारवाला निकायले कुनै कदम नचाले अखिल (क्रान्तिकारी) ले नै जानकार्वाही गर्ने चतोवनी दिएका छन् ।
त्यस्तै नेकपा (एमाले) सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि यस घटना प्रति आपत्ति जनाएको छ । शिक्षकले गरेको यस कार्य समग्र शैक्षिक क्षेत्र नै धारासाहीमा पार्ने कार्य रहेको अनेरास्ववियु जाजरकोटका विद्यार्थी नेता छबि रानाले बताएका छन् । शिक्षाको जगेर्ना शिक्षकले नै यस्तो हर्कत गर्नु निन्दनीय रहेको नेता रानाले बताएका छन् । यसले जाजरकोटको समग्र शिक्षा क्षेत्र कस्तो भन्ने विषय पनि झल्काउने भएकाले तत्काल शिक्षक खत्रीलाई कार्वाही गर्न अनेरास्ववियु जाजरकोटले माग गरेको छ ।
अहिले सामाजिक सञ्जालमा यो विषयले व्यापक रुपमा आलोचना खेपी रहेको छ । शिक्षक खत्रीलाई कार्वाहीको माग गरिरहेका छन् भने परिक्षा फेरी सञ्चालन गरिनु पर्ने माग गरेका छन् । घटना घटेको केही समयमै जिल्ला प्रशाासन कार्यालय जाजरकोट प्रमुख जिल्ला अधिकारी परिक्षा केन्द्र त्रिभुवन मा वि मा गएका थिए । परिक्षा केन्द्रबाट प्रश्न बाहिरीएको भन्ने तथ्य अहिले सम्म नखुलेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । यस विषयमा थप अनुसन्धानका लागि शिक्षक खत्रीलाई जिल्ला प्रशासन कार्यालयका बोलाइएको छ । अनुसन्धान पश्चात जाजरकोट परिक्षा केन्द्रबाटै प्रश्नपत्र बाहिरीएको पाइए कानुन बमोजिम कार्वाहीको प्रक्रिया अघि बढाउने प्रजिअ सुनारले बताएका छन् ।