जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बद्री पन्त शनिवार गणेश विकको घर पुगेको त के थिए सबै लखतरान परेर ढलेको देखे । त्यहीबाटै स्वास्थ्यकर्मी उषा रावललाई फोन गरेर बाउसेखोलामा एकै घरमा ६ जना बिरामी छन । औषधी लिएर झट्टै आउनु पर्यो भने ? उताबाट जवाफ आयो हुन्छ । टाढा छ म एकलै आउन गाहे हुन्छ साथी भए हुन्थ्यो । हुन्छ म हजुरलाई साथ लिन आउछु । अध्यक्ष त्यहाँबाट हिडे । स्वास्थ्य चौकी पुगेर अनमी उषालाई साथमा लिएर औषधी सहित गणेशको घर तर्फ हिडे । मौरीभीर सिलाज दारफाका हुदै उनीहरु दुई घण्टा पैदल हिडेर बाउसेखोला पुगे ।
बाउसेखोला गाँउमा पुग्दा गणेश विक, उनकी श्रीमती कमला, छोरी सुनिता, छोरा सर्जन, नविन, भाउजु धनसरा विक लगाएत ६ जनाको परिवार विरामी परेर थलिएको हप्ता वित्यो । ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लगाएत समस्या देखिएको रहेछ । घरमै घरेलु उपचार वाहेक अस्पताल उपचार गर्न विक परिवारलाई लिने कोही भएन । सबै परिवार एक साथ थलिएपछि उनिहरुको स्वास्थ्य अबस्था जटिल बन्दै गएको थियो ।
विरामीको घरमा पुग्ने वित्तिकै अनमिले उनीहरुको स्वास्थ्य चेकजाच सुरु गरिन ।औषधी दिइन तीन दिनसम्म यो औषधी खानुहोला सन्चो भइ हाल्छ भनीन् । त्यतीकै समयमा डाक्टर आएका छन भनेर दलबहादुर रोकाय पनि आए । उनको पनि त्यही उपचार भयो । विरामी सवैलाई औषधी खुवाएर तथा खाने तरीका सिकाएर त्यहाँबाट फर्के । विक परिवार त केही प्रतिनिधी उदाहरण मात्र हुन गाउँभरी विरामी यसैगरी थला परेका छन । स्वास्थ्य चौकी लहँमा दैनिक ८० देखि एक सयसम्म विरामी आउने गरेको इन्चार्ज भुपेन्द्रराज गिरीले बताए । वडा भर २ सय जती विरामी रहेको वडा अध्यक्ष बद्री पन्तले बताए । विरामीको घरमै पुगेर उपचारको व्यवस्था गरेकोमा वडा अध्यक्ष पन्तलाई स्थानीय महेन्द्र बोहराले धन्यबाद दिएका छन । जनताको दुखमा साथ दिने वडा अध्यक्ष हामी कहिलै पाउदिनौ बोहराले भने । सरकारी स्वास्थ्य संस्थामा राम्रो औषधी नै पाउदैन विरामी सवै निजी मेडिकलमा गएर उपचार गर्नुपर्ने बाध्यता छ बोहराले भने । गाउँ भर यसैगरी विरामी थलिएका छन । स्वास्थ संस्थाहरुमा दैनिक भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायत बिरामीको चाप बढ्दै गएको स्वास्थ चौकी लहँका इन्चार्ज भुपेन्द्र राज गिरीले बताए । मौसम परवर्तन भएसँगै स्वास्थ्य संस्थामा बिरामीको संख्या बढिरहेको छ, गिरीले भने खानपानमा ध्यान दिन र विरामी हुने वित्तिकै स्वास्थ्य संस्थामा आएर उपचार गराउन आग्रह गर्दछु ।