जिल्ला शिक्षा सञ्जाल जाजरकोटको बैठक सम्पन्न
  • विदुर न्युज

जाजरकोट ।

जिल्ला शिक्षा सञ्जाल जाजरकोटको बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटको आयोजनामा बैठक बसेको थियो ।

बैठकमा जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार,भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद जैसी,त्रिभुवन मा.वि का प्रधानाध्यापक भक्तबहादुर मल्ल,यार्सन नेपाल जाजरकोटका संयोजक सहदेब बस्नेत शिक्षक,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Open photo

बैठकमा जाजरकोट जिल्लाको समग्र शिक्षा क्षेत्रको विकासका सवालमा छलफल भएको थियो । त्यस्तै पछाडी परेको दलित समुदायको बालबालिकालाई शिक्षाको पहुचमा कसरी पु¥याउन सकिन्छ ?,शिक्षाको महत्व बढाउन अभिभावक शिक्षा सञ्चालन लगायतका विषयमा गहन छलफल भएको थियो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाका १२० जना दलित विद्यार्थीहरुलाई छात्रवृत्ति मार्फत पढाइरहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका कार्यक्रम संयोजक कृष्ण तिरुवाले कार्यक्रममा जानकारी गराएका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी सुनारले बैठकमा आफ्नो धारणा राख्दै जिल्लाको शैक्षिक अवस्था सुधार गर्नको लागि जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर अभियान सञ्चालन गर्ने बताए । उनले विद्यार्थीहरुलाई आफूबाट प्रेरणा दिन सो अभियान सञ्चालन गर्ने पनि बताए । उक्त कार्यक्रममा जिल्लाबासी सुनार आफ्नै जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आएका कारण उनलाई सम्मान पनि गरिएको थियो ।

Open photo

जिल्लाको भेरी नगरपालिकाको आर.आर ग्रीन होटेलमा बसेको बैठक झन्डै ३ घण्टासम्म सन्चालन भएको थियो ।

 

  • ५ भाद्र २०८०, मंगलवार २२:०८ प्रकाशित
  • सम्बन्धित