७३ वर्षिय वृद्धामाथी सामुहिक बलात्कार
  • विदुर न्युज

दाङ ।
तुलसीपुरको नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।

 

  • ५ श्रावण २०८०, शुक्रबार ११:५६ प्रकाशित
  • सम्बन्धित