कर्णाली प्रदेशको बजेट अधिवेशन १० जेठमा
  • विदुर न्युज

सुर्खेत ।

कर्णाली प्रदेशको बजेट अधिवेशन आगामी १० जेठमा बस्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले १० जेठको दिउँसो ३ बजे आह्वान गर्ने गरी प्रदेश प्रमुख तिलक परयार समक्ष सिफारिस गरेको छ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

यतिबेला प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी तीव्र रूपमा पारिरहेको छ भने अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणको विषयलाई लिएर बृहत् छलफल चलाइरहेका छन् । यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो । नयाँ सरकार गठनयता पहिलो अधिवेशनमा १५ वटा बैठक बसेको थियो ।

  • ४ जेष्ठ २०८०, बिहीबार २०:५६ प्रकाशित
  • सम्बन्धित