कर्णालीमा महिला मोटरसाइकल ¥याली हुने
  • विदुर न्युज

जाजरकोट ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा महिला मोटरसाइकल ¥याली हुने भएको छ । लैङ्गिक हिंसा,असमानता,विभेद र दुव्र्यवहार विरुद्ध बालिका÷महिला शसक्तिकरण,मर्यादित महिनावारी र शान्तिका लागि कर्णालीका महिला मोटरसाइकल चालकहरुले यो अभियान सञ्चालन हुन लागेको हो । सामाजिक विकास मन्त्रालय कर्णली प्रदेश सुर्खेतको आयोजना र बालविवाह बिरुद्ध साझा अभियान सञ्जाल सुर्खेतको समन्वयमा उक्त अभियान हुन लागेको हो । चैत्र ३० गते हुने यो अभियान बर्णालीमा पहिलो पटक हुन लागेको हो ।
कर्णालीमा दिनहु लैङ्गिक हिंसाका घटनाहरु घटिरहेका हुन्छन् । समाजमा शान्ति विपरितका घटनाहरु घटिरहेका छन् जसलाई केही सामाजिक मूल्यमान्यताहरुले पनि त्यस्ता सामाजिक कुसंंस्कारहरुलाई प्रोत्सान गरिरहेका छन् । त्यसको विरुद्धमा चेतना दिनको लागि उक्त अभियान सञ्चालन हुन लागेको सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमूख अनिता ज्ञवालीले जानकारी दिएकी छिन् ।
अभियानको सुरुवात बिहान ७ बजे सुर्खेतको काक्रेबिहारबाट हुने छ । अभियानमा विशुद्ध महिला मोटरसाइकल चालक हुनेछन् । काक्रेबिहारबाट सुरु भएको महिला मोटरसाइकल ¥याली दैलेखको गुराँसे हुृदै दुल्लुसम्म पुग्ने छ । महिला मोटरसाइकल ¥यालीमा सानो झण्डामा लैङ्गिक हिंसा,असमानता,विभेद र दुव्र्यवहार विरुद्ध बालिका÷महिला शसक्तिकरण,मर्यादित महिनावारी र शान्तिका लागि विभिन्न सन्देशहरु लेखिएका हुनेछन् । बिचमा विभिन्न समुदायका महिला र बालविवाह गरेर लैङ्गिक हिंसा भोगिरहेका महिलाहरु र पुजारीहरुसंग छलफल तथा अन्तरक्रिया गरिने छ । लैङ्गिक हिंसा,असमानता,विभेद र दुव्र्यवहार विरुद्ध बालिका÷महिला शसक्तिकरण,मर्यादित महिनावारी र शान्तिका लागि लेखिएका विभिन्न पम्प्लेटहरु महिला मोटरसाइकल ¥याली गर्दै गर्दा ठाउठाउमा वितरण गरिने पनि महाशाखा प्रमूख ज्ञवाली जानकारी दिएकी छिन् । ज्ञवालीका अनुसार महिला मोटरसाइकल ¥याली साँझ सुर्खेतको बिरेन्द्रनगर चोकमा आएर शान्ति र महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि मैन बत्ति बालेर उक्त अभियान समापन गरिने छ ।

  • २५ चैत्र २०७९, शनिबार १९:४८ प्रकाशित
  • सम्बन्धित