काठमाडौं : पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ। उनको ह्दयघातका कारण गएराति निधन भएको हो। प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।
कालिन्चोक एफ एमका समाचार प्रमुख एवं ई दैनिक खबरका सम्पादक भुजेल प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज थिए।
उनका श्रीमती, एक छोरा र एक छोरी छन्।