जाजरकोटमा बढ्दै बालबालिकामा कुपोषण
  • विदुर न्युज

जाजरकोट ।

सुवास सुनार ३ वर्षका भए । आफुसगँका साथीहरु खेल्छन् । खाना खान्छन् तोते बोली बोल्छन् तर उनी न बोल्छन् न खेल्नेछन् नै । उनी आमा शिखा सुनार र बुवा रविन सुनार पहिलो सन्तान हुन् । भेरी नगरपालिका ३ स्याला निवासी सुवास कुपोषित समेत छन् । आमा शिखाका अनुसार बच्चा विक्लाङग जन्मेपछि झनै समस्या थपिएको बताउछिन् । कतै काम गर्न जान पनि सकिँदैन । बच्चा छोड्ने कस्को जिम्मा लगाउने, रविन सगैका साथीहरू खेलकुद गर्छन् । कुपोषित सुनार बिरामी भएपछि अस्पताल भर्नाभएका हुन् ।

स्वास्थ्य अवस्था कमजोर भएका कारण धेरै बिरामी हुनेगरेको शिखाले भनिन् । जाजरकोट जिल्ला अस्पतालमा मात्र कुपोषित बालबालिकाको सख्या बढ्दै गएको छ । पाँच वर्ष उमेर समुह भित्र २०७८ को डेटा हेर्दा वृद्धि अनुगमनका लागि २८ जना बालबालिकाको विबरण दर्ता भएको थियो भने हाल सम्म वृद्धि अनुगमन पछिल्लो महिनामा आएका ३२ जना बालबालिका कुपोषणमा परेका देखिन्छन् ।

जाजरकोट जस्तो विकट जिल्लामा कुपोषित बालबालिका सङ्ख्या बढ्दैछ । अस्पतालमा आएका मात्र डेटाहरुलाई हामीले राख्ने गरेकाछौ । स्टाफ नर्स विष्णुशाहले भनिन्, ‘अझै अस्पतालको पहुँच भन्दा टाढा रहेका बालबालिका धेरै रहेका छन् ।’

गरिबी,अशिक्षा, रोग सानै उमेरमा विवाह, गर्भअवस्थामा पोषणयुक्त खानाको अभाव ,स्वास्थ चेकजाँच नगर्नु, जन्मान्तर कम हुनु, धेरै सन्तान जन्माउनु, खानेकुराको मात्रा नमिल्दा कुपोषण हुने गरेको शाहले बताइन् । जुनसुकै उमेरसमुहका व्यक्तिलाई हुने गर्दछ । बिशेष गरि जोखिमयुक्तका बालबालिकाहरुलाई हुने गरेको छ । पाचँवर्ष उमेर समुहका कुपोषित बालबालिकाहरुलाई अस्पतालबाट रुफ्ट( नट) र सर्वाेत्तम पिठो दिने गरिएको छ ।

झन् जिल्ला अस्पतालमा आउँदा बिरामी तथा बिरामीको आफन्त टाढाबाट आउनुहुन्छ । गाउँकै नगर तथा पालिकास्तरबाट औंषधी तथा सामाग्री चुहावट नभई जनता मार्फत पु¥याउनु सबैले कर्तव्यबोध गर्नु पर्नेमा जोड दिन्छन् अर्की स्टाफ नर्स नेप्लिजा पुन सर्वप्रथम बालबालिका स्वस्थस्फुर्तहुनुपर्छ । स्वास्थ्यकर्मी ,स्वंयमसेविका, अहेव ,अनमी ,कार्यरत सबै सरोकारवालाहरु,जनप्रतिनिधि स्थानीय बृद्विजिवीको भुमिका अहम रहन्छ ।

  • १८ फाल्गुन २०७९, बिहीबार २१:२७ प्रकाशित
  • सम्बन्धित