कर्णाली प्रदेश सभामा सांसदको शपथ पुस ११ गते
  • विदुर न्युज

सुर्खेत ।

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ पुस ११ गते हुने भएको छ।

सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने छन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताए।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि तयारी पूरा गरिएको जानकारी दिए।

  • ७ पुष २०७९, बिहीबार १८:५६ प्रकाशित
  • सम्बन्धित