जाजरकोटमा फेरी भयो गाडी दुर्घटना
  • विदुर न्युज

जाजरकोट ।

जाजरकोटको भेरी नगरपालिका ५ मटेलामा गाडी दुर्घटना भएको छ ।

रुकुम पश्चिमको राडीबाट काठ्माण्डौं तर्फ जादै गरेको ना ६ ख ८३३ नम्बरको डिलक्स गाडी नेपालगंजबाट जाजरकोट तर्फ आउदै गरेको भे १ ज ७५१ नम्बरको जीप एकअर्कामा ठोकिदा दुर्घटना भएको हो ।


बेलुका करिब ४ ३० मा गाडी दुर्घटना भएको थियो । जीपमा रहेका दुइ जना व्यक्ति सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको । गाडीमा चढेका बाकीँ कसैलाई पनि केही नभएको प्रहरीले जानकारी दिए ।

  • ५ पुष २०७९, मंगलवार १७:३१ प्रकाशित
  • सम्बन्धित