जाजरकोटमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ११
  • विदुर न्युज

जाजरकोटमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। एक जना गम्भीर घाइते छन्। सोमबार दिउँसो करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परी मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन्।
यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ।
यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । छेडागाड नगरपालिका–२ का जयनाथ अधिकारी गम्भीर घाइते छन्। मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडक खण्डबाट करिव २०० मिटर तल खसेको थियो ।

  • २६ मंसिर २०७९, सोमबार १९:२८ प्रकाशित
  • सम्बन्धित