अन्ततः जेल जानसक्ने काम किन गरे रविले ? प्रमाण भयो लिक
  • विदुर न्युज

रवि लामिछानेले अध्यागमन विभागमा बुझाएको निवेदनमा लेखेका थिए( ुउपरोक्त सम्बन्धमा म मे १७, २०१८ सम्म अमेरिकी राहदानीवाहक रहेको तर मे १८ शुक्रबारका दिनबाट सम्पूर्ण प्रक्रिया पूरा गरी काठमाडौंस्थित अमेरिकी दूतावासमा रु २ लाख ५८ हजार दस्तुर समेत तिरी मसँग रहेको अमेरिकी पासपोर्ट र अमेरिकी नागरिकता बुझाइसकेको व्यहोरा सगर्व जानकारी गराउँदछु।ु

उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको विवरणले पनि त्यही देखाउँछ।

उकेराले प्राप्त गरेको उनको राहदानीको जारी मितिले उनी अमेरिकी नागरिक रहेकै बेलामा नेपाली राहदानी समेत लिएको पुष्टि भएको छ।

उनको नाममा परराष्ट्र मन्त्रालयले जारी गरेको नेपाली राहदानीको जारी मिति रहेको छ २०१५ मे २७ अर्थात् २०७२ जेठ १३। यो मिति उनले अमेरिकी राहदानी र नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको मितिभन्दा तीन वर्ष अगाडि हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविले २०१८ मा अमेरिकी नागरिकता र नागरिकको कानूनी हैसियत त्याग्ने प्रक्रिया सुरु गरेको उनले नै स्वीकार गरिसकेको तथ्य हो।

उनले न्युज २४ टेलिभिजनमा सन् २०१८ जुन २१९ २०७५ असार ७० मा प्रसारित सिधा कुरा जनतासँग कार्यक्रममा आफ्नो विवादबारे देखाएको प्रमाणमा पनि उनी सन् २०१८ मे १७ अर्थात् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी बाहक रहेको स्वीकार गरेका छन्।

उनले कार्यक्रममा अमेरिकी नागरिकता र राहदानी त्याग्नु विश्वमा हुने दुर्लभ घटना हुने व्याख्या गर्दै ुत्यो दुर्लभ काम आफूले २०१८ मे १८ मा गरेको सगर्व स्वीकारु गरेका छन्।

यो समाचार उकेरा अनलाईनमा लेखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

  • ११ मंसिर २०७९, आईतवार १७:५१ प्रकाशित
  • सम्बन्धित