जुम्लामा आगलागी हुदा घर जलेर पूर्ण नष्ट
  • भिम बहादुर खड्का

जुम्लामा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । चन्दननाथ नगरपालिका – ३ का लालबहादुर खत्रीको  घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चारतले १७ कोठे घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

गएराति साढे २ बजे आगलागी भएको रहेछ तर प्रहरीलाई विहान ६ बजे मात्रै खबर भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट पुरै अन्न, लत्ता कपडा, भाडाकुडा र महत्वपूर्ण सामान जलेर नष्ट भएको छ ।

प्रहरीले घटनाको मुचुल्का भएको जनाएको छ । घटनापछि चन्दननाथ नगरपालिकाले वैठक बसेर रु ६० हजार तत्कालका लागि राहत दिने निर्णय गरे वडाध्यक्ष खत्रीले बताए ।

नगर उपप्रमेख रामदेवि खड्काले व्यक्तिगत रुपमा आगलागी पीडितलाई चामल दुई प्याक, एक पेटी तेल, पाँच केजी दाल, दुई वटा बलाङकेट, दुई वटा डसन दुई वटा सिरानी र दुई वटा तत्ना गरी २२ हजार बराबरको राहत सहयोग गर्नु भएको चन्दननाथ नगरपालिका सुव्वा छपिलाल न्यौपानेले बताए ।

यसैगरी घटनाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा वैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक वैठक बसेर राहतका लागि पहल भई रहेको छ ।

  • ९ मंसिर २०७९, शुक्रबार १८:०२ प्रकाशित
  • सम्बन्धित