जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् ।
बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार सिंहले १८ हजार ५४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर सिंहले १२ हजार ४ सय ७० मत प्राप्त गरेका थिए । उनीहरु बीच ७ हजार ७३ मतान्तरको फरक छ । सिंहको निर्वाचन क्षेत्रमा ३६ हजार ९३७ मत खसेको थियो ।
को हुन् वेदराज सिंह ?
वि.स. २०३७ साल वैशाख २४ गते जिल्लाको बारेकोट गाउँपालिका ८ सेपुखोलामा वेदराज सिंहको जन्मभयो । बुवा लालभक्त सिंह र आमा पार्वती देवी सिंहको कान्छा सन्तान हुन् वेदराज । स्कुल पढ्दा देखि नै राजनीतिमा होम्मिएका सिंह प्रस्ट वक्तामा रुपमा परिचित छन् । स्नातक तह सम्मको औपचारिक शिक्षा पुरा गरेका छन् ।
विद्यालय स्तर बाटै राजनीतिक यात्रा सुरु गरेका सिंह २०५४ सालमा ने.बि.संघको क्षेत्रीय अध्यक्ष, २०५५ सालमा भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको इकाई सभापति, २०५६ सालमा नेपाल विद्यार्थी संघको चौथो अधिवेशन बाट जिल्ला अध्यक्ष, २०५९ सालमा प्रजातान्त्रिक कांग्रेसको सह–सचिव, २०६७ मा पार्टीको १२ औं महाधिवेशन बाट क्षेत्र नं १ को क्षेत्रीय सभापति, २०७२ मा तेह्रौ महाधिवेशनमा सभापतिको प्रस्तिस्पर्धी (६ भोटले पराजित) भएका सिंह ।
२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशप्रसाद सिंह सँग ४ हजार मतान्तरले पराजित भएका थिए । सिंहले १६ हजार मत पाएका थिए भने वेदराज सिंहले १२ हजार मत ल्याएका थिए । २०७८ मा नेपाली काँग्रेसको चौधौं महाधिवेशन बाट जिल्ला सभापतिमा निर्वाचित भए । नेपाली काँग्रेसका सभापति समेत रहेका सिंहको विजयीलाई यूवा पुस्ताको जीत मानिएको छ ।