चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का कार्यक्रम प्रस्तोता बिश्वकर्माको मृत्यु
  • विदुर न्युज

चितवन,मंगलबार

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का कार्यक्रम प्रस्तोता महाबिर बिश्वकर्माको मृत्यु भएको छ । मंगलबार बिहान गाडी दुर्घटनामा उनको मृत्यु भएको हो ।

राप्ती नगरपालिका चितवन स्थित आफ्नो घरबाट काठ्माण्डौ जादै गर्दा उनी चढेको ना २ ख २३८२ नम्बरको माइक्रोबस बिग्रेर राकिएको ना २ ख ८५२२ नम्बरको ट्रकसँग ठोकिदा दुर्घटना भएको थियो । गाडीमा च्यापिएका उनलाई झण्डै दुई घण्टा पछि निकालिएको थियो ।बिश्वकर्माको शव अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिदै छ ।

उनी लामो देखि काठ्माण्डौको रेडियो थाहा संचार नेटवर्कमा चर्चित कार्यक्रम ‘बहकिने मन’ चलाउदै आएका थिए । उनको कार्यक्रमले देशभरि नै चर्चा पाएको थियो । उनी लामो समय यता जात व्यवस्थाको कठ्ठोर बिरोधीका रुपमा पनि चिनिएका थिए । बिश्वकर्माको मृत्यु पछि देशभरका साहित्यकारहरुले दुख व्यक्त गरेका छन् । उनी बिना नेपालको मुक्तक यात्रा नै अपांग हुने साहित्यकारहरु चिन्ता व्यक्त गर्छन् ।

  • ६ मंसिर २०७९, मंगलवार ०९:०४ प्रकाशित
  • सम्बन्धित