जाजरकोटमा मतगणना हुदै
  • विदुर न्युज

जाजरकोटमा मतगणना भइरहेको छ । सर्वदलीय वैठकपछि करिब रातिको ९ बजे र ४५ मिनेटमा मतगणना सुरु भएको थियो ।प्रदेश सभा क,ख र प्रतिनिधि सभा सदस्यको छुट्टाछुट्टै तीन ठाउमा मत गणना भइरहेको छ ।मत गणनाको पहिलो चरणमा प्रदेश सभा क मा बारेकोट ४ र ९ बाट सुरु भइरहेको छ । यस्तै, प्रदेश सभा ख मा छेडागाड १० र ११ को मतगणना भइरहेको छ । प्रतिनिधि सभा तर्फ जुनीचाँदे गाउँपालिका वडा नं ८ र ६ बाट सुरु भइरहेको छ । प्रत्यक घण्टामा मत परिणामको बारेमा जानकारी दिइने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

 

  • ५ मंसिर २०७९, सोमबार २२:३२ प्रकाशित
  • सम्बन्धित