रुकुममा मतगणना सुरुहुन सकेन,१० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी
विदुर न्युज
रुकुम पश्चिमका १ सय २९ वटा मतदान केन्द्रको मत जिल्ला सदरमुकाम ल्याइपुर्याइएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा पर्ने १ सय २९ वटा केन्द्रको मतपेटिका जिल्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । अव १० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी छ ।