दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर, मतदान स्थगित
  • विदुर न्युज

४ मंसिर, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ ।

हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।

 

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

  • ४ मंसिर २०७९, आईतवार १४:४७ प्रकाशित
  • सम्बन्धित