रावतगाउँमा किशोरी सन्जाल गठन भएको
  • विदुर न्युज

प्रेम विश्वकर्मा
जाजरकोट । जिल्लाको भेरी नगरपालिका १ रावतगाउँमा किशोरी सन्जाल गठन भएको छ । युनिसेफ को साझेदारी र आवाज संस्था सुर्खेतद्वारा कर्णाली प्रदेशमा संचालित “बाल संरक्षन र लैङ्िगक हिंसा सेवा सुदृढीकरण कार्यक्रम“ अन्तर्गत किशोरी संजाल गठन गरिएको हो । किशोरी सन्जालमा १ नम्बर वडाका ५० जना किशोरीको संख्या रहेको छ । बिहिबार भेरी नगरपालिका १ मा रहेको दिपेन्द्र प्राथमिक विद्यालयमा कार्यक्रम सन्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा किशोरी सङगै उनिहरुका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । गठन गरिएको सन्जालले किशोरीहरुको हक हितको लागि काम गर्ने आफुले अपेक्षा राखेको सहभागी सीता बिक ले जानकारी दिइन ।आफ्ना समस्या र आवाज सुनाउने कुनै पनि निकाय नभएको अवस्थामा यो सन्जाल गठन हुदा निकै हर्सित रहेको एक जना सहभागी अरुणा बि क ले खुसी व्यक्त गरिन ।

उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि,पत्रकार लगायतको सहभागी थियो ।उक्त कार्यक्रमको सहजीकरण सामुदायिक मनोसामाजिक परामर्शकर्ता सुमित्रा बि क ले गर्नु भएको थियो ।

  • २ कार्तिक २०७९, बुधबार २१:०५ प्रकाशित
  • सम्बन्धित