आर्थिक हिनामिना गरेको भन्दै त्रिभुवन मावि विरुद्ध प्रशासनमा उजुरी
  • विदुर न्युज

जाजरकोट । आर्थिक हिनामिना गरेको भन्दै सदरमुकाम स्थित त्रिभुवन माद्यामिक विद्यालय विरुद्ध जिल्ला प्रशासन कार्यालय जाजरकोटमा उजुरी दर्ता भएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले विद्यालयले विभिन्न शीर्षकमा आएको बजेट हिनामिना गरेको भन्दै प्रशासनमा उजुरी दर्ता गराएको हो ।

शैक्षिक सत्र २०७८÷२०७९ सालको विद्यालयले शैक्षिक भम्रणका लागि बुटवल, चितवन, पोखरा, पश्चिम रुकुम हुदै जाजरकोट भनेर ४ लाख रुपैयाँ स्रोत नखुलाई खर्च गरेको, विद्यालयका प्रध्यानध्यापक र व्यवस्थापन समिति अध्यक्षले ५० हजार स्रोत नखुलाई खर्च गरेको, आ.व. २०७८÷७९ को लागि संघीय सरकार बाट नमुना विद्यालयको शैक्षिक व्यवस्थापन शिर्षकमा आएको ५० लाख निजी शिक्षक तथा कर्मचारीको तलव खुवाई विद्यार्थीहरुको शुल्क घटाउनुपर्नेमा उक्त बजेट बाट सामग्री खरिद, निर्माणमा खर्च गरेको तर विद्यार्थीको शुल्क नघटाएको, विद्यार्थी आर्थिक हिनामिना चरम रुपमा गरिएकोले विद्यालय विरुद्ध उजुरी दर्ता गरिएको अखिल ( क्रान्तिकारी) जाजरकोटका संयोजक वीरबहादुर महर ( प्रखर) ले जानकारी दिए ।

उनले भने, ‘आर्थिक हिनामिनाको सत्यतथ्य छानविनका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटमा उजुरी दर्ता गरेका छौं ।’ आवश्यक छानविन गरी जिल्ला प्रशासन कार्यालयले कारवाही नगरेमा अखिल आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने र संगठनले भौतिक कारवाही समेत गर्ने संयोजक महरले चेतावनी समेत दिए ।

No description available.

  • ७ श्रावण २०७९, शनिबार १०:४७ प्रकाशित
  • सम्बन्धित