राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ ।

खलङ्गा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको हो ।


आइतबार कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने छ ।

उद्घाटन कार्यक्रममा मन्त्री मल्लले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खाले प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।


प्रतियोगितामा भलिबल, दौड, टेक्वान्दो, कराँते, कबड्डी, हाइ जम्प, लङ जम्प लगायतका खेलहरू हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नगरपालिका भित्रका दश विद्यालयहरूले सहभागिता जनाएका छन् ।

 

  • २२ माघ २०७९, आईतवार २१:२९ प्रकाशित
  • सम्बन्धित