मुक्तक
सफा राखौं घर आगन स्वच्छ जीवन शैली
अकालमा कोही मर्ने छैन् माहामारी फैली
लागि परौं सफा सुन्दर समाज निर्माण गर्न
घर अघि डस्टबिन राखौं कोठा भित्र थैली ।
मुक्तक
झिलिमिली बत्ती तिम्रा कोठै—कोठा भरी
कसरी बास गर्छौ तिमी बाहिर फोहर छरी
के लेख्यौ,के पढ्यौ,के ज्ञान सियौ तिमीले
माहामारी सुरु हुन्छ यस्तै फोहोर गरी ।
मुक्तक
यहाँ जान्ने मान्नेहरुले नै चलखेल गरे पछि
समाजमाथी कहाँ उठ्छ जालझेल गरेपछि
घर होईन यो समाज हाे,एउटाको केही लाग्दैन्
पक्कै पनि फेरिने छ सबैले तालमेल गरेपछि
भुपेन्द्र नेपाली
बारेकोट गाउँपालिका,जाजरकोट