इङ्ल्यान्डका बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
  • विदुर न्युज

इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिने घोषणा गरेको जनाएको छ ।

३१ वर्षीय स्टोक्सले घरेलु मैदानमा आज दक्षिण अफ्रिकासँग पहिलो एक दिवसीय खेल्दै औपचारिक रुपमा सन्यास लिने भएका छन् ।

स्टोक्सले इङ्ल्यान्डका लागि १ सय ४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०१९ मा इङ्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको उपाधि नै जितेको थियो ।

स्टोक्सले यो विश्व कपमा ४ सय ६५ रन बनाएका थिए । स्टोक्स इङ्ल्यान्डको टेस्ट क्रिकेट टोलीको कप्तान रहेका छन् । सन् २०१९ को विश्व कप जित्ने सदस्यबाट सन्न्यास लिने स्टोक्स दोस्रो खेलाडी हुन् । यसअघि मोर्गनले सबै शैलीबाट सन्यास लिएका थिए ।

  • ३ श्रावण २०७९, मंगलवार २३:१७ प्रकाशित
  • सम्बन्धित