जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिकामा माग २० गते देखि मेयर कप सञ्चालन हुने भएको छ । पालिकामा रहेका माध्यमिक विद्यालयका विद्यार्थीहरु विच विभिन्न खेलहरुमा प्रतिसपर्धा हुन्छ । पालिकाले प्रत्यक वर्ष राष्ट्रपति रनिङ् शिल्ड सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि पालिकाले मेयर कप सञ्चालनका लागि पालिका भित्र रहेका माध्यमिक विद्यालयलाई माग १७ गतेसम्म विभिन्न खेलमा भाग लिने खेलाडीहरुको विवरण दिन बिहिबार पत्र पठाएको छ ।
मेयर कप सञ्चालन हुने स्थानको भने टुङ्गो लागेको छैन । खेलमा कक्षा १२ सम्म पढ्ने १८ वर्ष मुनिका विद्यार्थीहरुले मात्र भाग लिन पाउने शिक्षा शाखा प्रमुख अमृत बहादुर पुनले बताए । राष्ट्रपति रनिङ् शिल्डमा भलिबल,कबड्डी,एथ्लेटिक्स तर्फका खेल र मार्सल आर्ट तर्फका विभिन्न खेलहरु सञ्चालन हुने पनि पुनले जानकारी दिए ।