जाजरकोट ।
जाजरकोट जिल्लाको भेरीमा नागरिक आरोग्य कार्यक्रमको जिल्ला स्तरिय अभिमुखिकरण तथा अभियान सन्चालन कार्यक्रम सम्पन्न गरिएको छ । बुधवार सदरमुकाम खलंगा को होटेल र्याडिसनमा आयोजित उक्त कार्यक्रममा आरेग्य कार्यक्रम वारे जानकारी दिइएको हो ।
स्वासथ्य सेवा निर्देशनालय सुर्खेत को आयोजनामा भएको उक्त कार्यक्रममा मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई पुरा गर्नका लागि हरेक नागरिकले अपनाउनु पर्ने आयुर्वेदिक पद्धतिवारे जानकारी गराइएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका आयुर्वेद चिकित्सक धनबीर बुढाले हरेक नागरिकले स्वस्थ वन्न का लागि अपनाउनु पर्ने जविनशैली,दिनचर्या,योग, ध्यान,व्याम,स्वस्थआहार,बहुयपयोगी जडीबुटीहरुको उपयोगिता वारे सहभागिहरु लाई सहजीकरण गरेका थिए ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली वहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखिकरणमा कार्यक्रम लाई सवै सरोकारवालाहरुको समन्वयमा हरेक वडा वडा सम्म लिइनु पर्ने सुझाव दिइएको थियो ।
जिल्ला समन्वय समिति का सदस्य खडक विसीले यो नागरिक आरोग्य कार्यक्रम सन्चालनमा आएको ३ वर्ष भएतापनि स्थानीय स्तर सम्म प्रभावकारी रुपमा आउन नुकेको बताउनु भयो । आगामि दिनमा सवै पालिकामा त्यहाँ कार्यरत कर्मचारीहरु वाट स्थानीय तहलाई समन्वय गरेर अगाडि वढाउँदा अझ प्रभावकारी हुने सुझाब दिएका थिए ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले स्वास्थ्य सेवा को यो कार्यक्रम हरेक वडा स्तर सम्म सन्चालनमा ल्याउन सक्दा अझ प्रभावकारी रुपमा सचेतना हुने बताउनु भयो । कार्यक्रममा पत्रकार महासँघ का उपाध्यक्ष सहदेव बस्नेतले आयुर्वेदिक पद्धतिको वर्तमान अवस्थामा महत्व वढ्दै गएकाले यसको व्यापकताका लागि स्थानीय सरकारले अपनत्व लिएर अगाडि वढ्नु पर्ने बताए ।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख देवेन्द्र ठाकुरले जाजरकोट जिल्लामा नागरिक आरोग्य सेवा केन्द्र , आरोग्य औषधालय आरोग्य स्वास्थ्य केन्द्र वाट सेवा प्रवाह भइरहेको बताउनु भयो । जाजरकोटमा हाल ४ वटा नागरिक आयोग्य सेवा केन्द्र,३ वटा आरेग्य औषधालय रहेको प्रमुख ठाकुरले जानकारी दिए । साथै चालु आर्थिक वर्ष देखि ३० करोडको लागतमा १५ सैयाको प्रदेश आयुर्वेद अस्पताल भेरी नगरपालिका १० भुरचौरमा निर्माणको लागि जग्गा खरिद प्रक्रीया अगाडि वढेको पनि प्रमुख ठाकुरले जानकारी दिए ।
कार्यक्रममा आरोग्य सेवा केन्द्र का कर्मचारीहरुले आफुहरुले प्रवाह गरिरहेको सोका वारेमा जानकारी गराएका थिए भने प्रयाप्त मात्रामा सेवा प्रवाहका लागि औषधि तथा आवस्यक सामाग्रीहरुको कमि भएको जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका कवीराज निरीक्षक पुष्पा आचार्यले गर्नु भएको थियो । निरीक्षक आचार्यले नागरिक आरोग्य कार्यक्रमको व्यापक प्रचार प्रशारका लागि सवै सरोकारवालाहरुको सहयोगको आग्रह समेत गरेका थिए ।
कार्यक्रममा आरोग्य सेवा केन्द्र नलगाडका प्रमुख प्रभात सुवेदिले नागरिक आरोग्य कार्यक्रमको प्रभावकारीताका लागि संस्थागत संरचनामा व्यवस्थीत तथा श्रोत शाधनको आवस्यक व्यवस्थापन गर्नु पर्ने वताए ।