जनप्रतिनिधिलाई तिन दिने नेतृत्व अभिबृद्दि तालिम समापन
  • विदुर न्युज

जाजरकोट ।
सोमबार देखि भेरी नगरपालिकामा सञ्चालन भएको जनप्रतिनिधिलाई तिन दिने नेतृत्व अभिबृद्दि तालिम बुधबार समापन भएको छ । टेवाको सहयोग,शान्तिका लागि साझा अभियान नेपालको सहकार्य र महिला अधिकार मञ्च जाजरकोटको आयोजनामा पुस २५ गते देखि सुरु भएको कार्यक्रम .२७ गते तिन दिनसम्म चलेको थियो । महिला अधिकार मंच जाजरकोटकी अध्यक्ष शोभा सिंहका अनुसार तालिममा न्यायिक समितिको काम कर्तव्य,लैङ्गि हिंसा,मानव अधिकार,कायपालिका र व्यवस्थापिकासंग सम्बन्धित रहेको् थियो ।

उक्त कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख,उप प्रमुख,प्रमुख प्रशासकीय अधिकृत,पालिकाका सबै वडा अध्यक्ष,कार्यपालिका र न्यायिक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको सिंहले जानकारी दिएकी छिन् । सबै सहभागि जनप्रतिनिधिहरुको उत्साह जनक सहभागिता रहेको सिंहको भनाइ छ ।

उक्त तालिकको प्रशिक्षण शान्तिका लागि साझा अभियान नेपालका पदाधिकारी अधिवक्ता द्दय बिन्द्रा महर्जन र बालमुकुन्द धिमिरेले दिएका थिए ।

  • २७ पुष २०७९, बुधबार २१:५३ प्रकाशित
  • सम्बन्धित