जाजरकोट ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकामा राष्ट्रिय एकता दिवसको दिन वक्तृत्वकला कार्यक्रम सञ्चालन गरी मनाइएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको थियो । श्री ५ बडामहाधिराजा पृथ्वीनारायण शाहको स्मृतिमा यो कार्यक्रम सञ्चलन गरिएको आयोजकले बताएको छ । बुधबार खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा राष्ट्र निर्माणमा युवाको भूमिका विषयक वक्तृत्वकला कार्यक्रम सञ्चालन गरी पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जाजरकोटमा संयोजक रोशन भारतीले जानकारी दिएका छन् । नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गरेको कारण उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रुपमा सरकारले मनाउदै आएको छ । त्यसैक्रममा जाजरकोटमा पनि यस कार्यक्रम गरेर मनाइएको हो ।
भारतीका अनुसार प्रतियोगितामा २१ जना विद्यार्थीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा नारायणी महतारा प्रथम भएकी थिइन भने प्रविन खड्का र टविन कार्की दृतिय भएका थिए । त्यस्तै नविन गिरी र बिष्णु कार्की तृतिय तथा खिम वलि सान्तोना भएको भारतीले बताएका छन् ।
उक्त कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश धर्ति, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका क्न्द्रिय सदस्य दिपक खनाल, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको अयोजकले बताएको छ । उक्त कार्यक्रमको सञ्चालन युवा अभियन्ता तथा पत्रकार प्रेम विश्वकर्माले गरेका थिए ।