कर्णाली मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त
  • विदुर न्युज

सुर्खेत ।
नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्मा संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

२५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । कर्णाली प्रदेश सभा ४० जना सदस्यीय रहेको छ । मुख्यमन्त्रीको बहुमतका लागि लागि २१ सिट आवश्यक पथ्र्यो । शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना सदस्यले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई दुई वर्ष गर्ने सहमति भएको छ । जसअनुसार पहिलो कार्यकालका लागि माओवादीका शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । दोस्रो कार्यकालका लागि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने छन् ।

  • २७ पुष २०७९, बुधबार १८:४८ प्रकाशित
  • सम्बन्धित