भेरीका जनप्रतिनिधिहरुलाई तिन दिने नेतृत्व अभिबृद्दि तालिम
  • भिम खड्का

जाजरकोट ।
जाजरकोट जिल्ला भेरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई नेतृत्व अभिबृद्दि सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । सोमबार जिल्लाको भेरी नगरपालिका ३ मा रहेको थकाली होटेलमा उक्त कार्यक्रम सुरु भएको छ । टेवा सैस्थाको आर्थिक सहयोग,भेरी नगरपालिका र शान्तिका लागि साझा अभियानको समन्वय सहकार्य र महिला अधिकार मञ्च जाजरकोटको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।


कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ति,उप प्रमुख सिता जैसी लगायत सबै वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु र न्यायिक समितिका सदस्यहरु गरी ३५ जनाको उपस्थिति रहेको महिला अधिकार मञ्च जाजरकोटकी अध्यक्ष शोभा सिंहले बताएकी छिन् । कार्यक्रममा लैङ्गिक विभेद र महिलामा हुने हिंसाको बारेमा,मानव अधिकार,स्थानीय कार्यपालिका,व्यवस्थापिका र न्यायिक समिति लगायतको बारेमा तालिम दिइने सिंहले बताइन् । जनप्रतिनिधिहरुलाई पुष २५ गतेदेखि २७ गरी तिन दिनसम्म तालिम दिइने छ ।


तिन दिनको नेतृत्व अभिबृद्दि तालिम कार्यक्रम निकै प्रभावकारी रहने कुरामा सहभागि जनप्रतिनिधिहरुले उत्साह जनाएका छन् । कार्यक्रममा शान्तिका लागि साझा अभियानका अधिवक्ता बिन्द्रा मुकुन्द र बालमुकुन्द घिमिरेले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् ।

  • २५ पुष २०७९, सोमबार १५:५० प्रकाशित
  • सम्बन्धित