वडामै भयो सामाजिक सुरक्षा भत्ता वितरण
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोट भेरी नगरपालिका ८ को वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेको छ । भत्ता लिन जिल्ला सदरमुकाम खलंगा धाउनु पर्ने बाध्यता भए पछि वडाबाटै वितरण गर्न थालिएको हो । वडाबाट सामाजिक सुरक्षा भत्ता लिन चौमासिक रुपमा खलंगा धाउनु पर्ने बाध्यता यस वडाका मानिसहरुलाई थियो । बैंकमा भत्ता लिनको लागि अनिवार्य सम्बन्धित व्यक्ति जानु पर्ने भए पछि त्यहाँबाट खलंगा जान असहाय र बृद्द व्यक्तिलाई साह्रै गाह्रो हुन्थ्यो । ह्वीलचेरको सहायतामा हिड्न पर्ने मान्छे र हिडेन नै नसक्ने बृद्द व्यक्तिलाई बैक टाढा भएपछि सामाजिक सुरक्षा भत्ताले साह्रै पिरोलेको थियो ।


जनताले भोग्नु परेको यस्तो समस्याको समाधानका लागि वडाबाटै भत्ता वितरण गर्ने प्रावधान मिलाएको वडा अध्यक्ष बिर बहादुर चन्दले बताए । सामाजिक सुरक्षा भत्ताकै लागि भए पनि एउटा व्यक्ति कयौ दिन सदरमुकाममै बस्नु पर्ने र भत्ताभन्दा पनि बढि खर्च हुने भएपछि यसलाई सहज बनाउन वडाबाटै वितरण गर्न लागेको चन्दको भनाइ छ । वढाबाटै भत्ता वितरण गरेसंगै चन्दले आफ्नो एउटा चुनावी बाचा पनि पुरा गरेका छन् । वडाबाटै भत्ता वितरण गरेसंगै वडाको चौमासिक करिब ५ लाख रकम बचत हुने अध्यक्ष चन्दको अनमुान छ ।

भत्ताकै लागि कयौ पटक सदमुकाम खलंगा धाएकी वडा नं ८ की करिब ८० वर्षकी सुकी दमाई वडाबाटै भत्ता पाउदा खुसि देखिन्छिन् । उनले पहिलो पटक वडाबाट भत्ता पाउदा निकै खुसि व्यक्त गरेकी छिन् । त्यस्तै ९० वर्षका परे कार्कीको अनुहारमा पनि यतिबेला खुसिको चमक देखिन्छ । भत्ताकै लागि खलंगा जानु पर्ने र बुढेसकालको बेलामा पनि घन्टौ लाइन लाग्नु बाध्यताले विरक्त बनेका कार्की वडामै सेवा पउदा उनको अनुहारमा खुसिको सिमा छैन । कार्की भन्छन् हाम्रा लागि त भगवान् आए जस्तै भयो । वडाबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाए पछि अध्यक्ष चन्दलाई सबै सेवाग्रहीहरुले देवताको स्वरुप मानेका छन् ।


त्यस्तै शरीरको मेरुदण्ड भाँचिएका स्थानीय धन बहादुर चन्द पूर्णरुपमा अशक्त छन् उनलाई शौचालय पनि अर्कैले लैजान पर्छ । यस्तो अवस्थाका मान्छे भत्ताकै लागि सदरमुकाम आउन निकै असहज हुन्थ्यो । तर यतिबेला भत्ता लिन वडा कार्यालय सम्म मात्र जानु पर्ने र जान नसके आफन्तले पनि ल्याइदिन मिल्ने भए पछि ठुलो सास्तिबाट छुटकारा पाएको महसुस गर्छन् धन बहादुर । उनी जस्तै धेरै सामाजिक सुरक्षा भत्ता लिने वडाका करिब ४ सय ५० व्यक्तिले राहत पाएको महसुस गरेका छन् ।
अध्यक्ष चन्दले केही समय पछि बैंकसंग सम्झौता गरेर टोल अन्तरगत भत्ता वितरण गर्न व्यवस्था मिलाउने प्रतिबद्दता पनि गरेका छन् । वडा अध्यक्षको यस कदमलाई सहयोग गर्ने एन्.ई.सी एसिया बै्कका मेनेजर अनिल रोकायले बताएका छन् ।

  • १८ पुष २०७९, सोमबार २२:१५ प्रकाशित
  • सम्बन्धित