जाजरकोट ।
भेरी नगरपालिका –०४ का युनिश विक्रम सिंह १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण ( क्याम्प) मा समेटिएका छन् । नेपाल क्रिकेट संघले युनिश सहित २८ जना खेलाडीलाई यू–१९ राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको छ ।
प्रशिक्षण मंगलबार देखि काठमाण्डौमा सुरु हुनेछ । दुई महिनापछि युएईमा हुने आइसिसी यू –१९ एसिया कप क्वालिफायर ९ डिभिजन छनौट० का लागि क्यानले पीएम कप यू–१९ राष्ट्रिय क्रिकेटमा गरेको प्रर्दशनका आधारमा खेलाडी छनौट गरेको हो । छनौट यूएईमा आगामी फेब्रअरीमा हुनेछ । नेपालले फेब्रअरीमा यूएईमा गएर एसिया डिभिजन १ खेल्नेछ ।
पहिलो पटक यू –१९ राष्ट्रिय टोलीमा समेटिएका यूनिश कर्णाली प्रदेशको टीम बाट नियमित क्रिकेट खेल्दै आएका छन् । २०७५ सालमा रुकुम पश्चिमको चौरजहारीमा भएको प्रदेश कप टि–२० प्रतियोगितामा सिंहको कप्तानीमा जाजरकोट उपविजेता बनेको थियो ।