नेपालगन्जमा दिउँसै धारिलो खुकुरी प्रहार,३ जना घाइते
  • विदुर न्युज

नेपालगन्ज ।
नेपालगन्जमा धारिलो हतियार (खुकुरी) प्रहारबाट तीन जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ स्थित गणेशपुरमा धारिलो हतियार प्रहार हुँदा ३ जना घाईते भएका हुन् ।
घाइते हुनेहरुमा नेपालगन्ज वडा नं. १२ का अनुराग शाह, उज्जवल शाह र वडा नं. ४ गणेशपुरका सुगम शाह रहेको बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुमाथि आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहार भएको हो । घट्नामा संलग्न खुकुरी प्रहार गर्नेहरु भाग्ने क्रममा चार जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख राठौरले बताए ।
घट्नाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समुह भारतीय नम्बरको गाडी प्रयोग गरि आएको भन्ने खुलेको । घाइते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

  • १७ पुष २०७९, आईतवार १६:५९ प्रकाशित
  • सम्बन्धित