नेपाल नेत्रहिन संघ शिवालय शाखाको एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विदुर न्युज

जाजरकोट ।

नेपाल नेत्रहिन संघ शिवालय गाउपालिका शाखाको पालिकासंगको एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । मंगलबार शिवालय गाउपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा नेपाल नेत्रहिन संघ कर्णाली प्रदेशका कार्यक्रम संयोजक रबिन्द्र कुमार चन्दले दृष्टिबिहिन मानिसहरुको अवस्थाको बारेमा प्रस्तुति देखाएका थिए । पालिकामा रहेका दृष्टि बिहिन मानिसहरुको लागि आवश्यक बजेट छुट्याइ अपांगमैत्री पालिका निर्माण गर्नु पर्ने कुरामा छलफल भएको थियो । दृष्टि बिहिन व्यक्तिहरुको अधिकारलाई सम्बोधन गर्ने गरी पालिकाको आगामी कार्ययोजना ल्याउने पालिकाले प्रतिबद्दता गरेको छ ।

कार्यक्रममा नेपाल नेत्रहिन संघ कर्णाली प्रदेश अध्यक्ष तोरन अधिकारी,पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद न्यौपाने,कार्यबाहाक अध्यक्ष जसबिर वलि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल नेत्रहिन संघ शिवालय शाखाका अध्यक्ष जनक बुढाले गरेका थिए भने सामाजिक परिचालक युवराज कडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • १२ पुष २०७९, मंगलवार २१:३१ प्रकाशित
  • सम्बन्धित