जाजरकोट ।
जिल्लाको भेरी नगरपालिकामा दलितको शैक्षिक सवालमा सरोकारवालासँग नीतिगत पैरवी र पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटको आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार भेरी नगरपालिका ४ को रातो घरमा सञ्चालन भएको कार्यक्रममा जिल्लाको दलितको शैक्षिक सवालमा छलफल भएको थियो ।
कार्यक्रममा दलित समुदायका बालबालिकालाई अनिवार्य पहुँच हुन पर्छ भन्ने विषयमा छलफल भएको थियो । दलित समुदायका बालबालिकालाई विद्यालयको ढोकासम्म पु¥याउनका लागि विभिन्न प्रकारका छात्रवृतिको व्यवस्था हुनु पर्ने विषयमा पनि छलफल गरिएको राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका कार्यक्रम संयोजक कृष्ण तिरुवाले जानकारी दिए । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले वितरण गर्दै आएको छात्रवृति कस्ता परिवारका बालबालिकाले पाएका छन् र यसको प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ लगायतका विषय उक्त कार्यक्रममा ृउठान गरिएको तिरुवाले बताए ।
कार्यक्रम भेरी नगरपालिकाको उप प्रमुख सिता जैसी,नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाह, वडा १ का अध्यक्ष दिपक राना,४ का अध्यक्ष बसन्त शर्मा,शिक्षा शाखा प्रमुख अमृत पुन लगायतका विभिन्न सरोकारवाला व्यक्तित्वहरुको सक्रिय सहभागिता रहेको थियो ।
दलित समुदायका बालबालिकाको शिक्षामा अहिले सम्म पनि अपेक्षा अनुसारको पहँुच पुग्न सकेको छैन । आर्थिक बिपन्नताका कारण उनीहरु विद्यालयसम्म पुग्न सकिरहेका छैनन् । राज्यले दलित समुदायका बालबालिकालाई उच्च शिक्षासम्म निशुल्क पढाउने भनिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । उनीहरुलाई शिक्षाको पहँचमा ल्याए मात्र समाजको शैक्षिक गुणस्तरमा सुधार आउने सम्भावना देखिन्छ ।