जाजरटको ।
जिल्लाको भेरी नगरपालिकामा सार्वजनिक जवाफदेहिता प्रवद्र्धनका लागि स्थानीय नीति तथा योजना तर्जुमा विषयक दुइ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिकाका युवाहरुलाई स्थानीय शासन प्रक्रियामा सक्रिय बनाउन उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
पुस ७ र ८ गते भेरी नगरपालिका ४ रम्बा होटेलमा सञ्चालन भएको कार्यक्रममा भेरी नगरपालिकाका १३ वडाबाट १५ युवाको सहभागिता भएको थियो । यस कार्यक्रमा नगरपालिकामा गठित भेरी युवा प्यानलका सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा युवाहरुलाई स्थानीय शासन प्रक्रियामा युवाको भुमिका कस्तो हुन पर्छ र नगर सरकारलाई जवाफदेहि कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकार भएको युथ प्यानलका अध्यक्ष प्रेम विकले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग,हेल्पटासको समन्वय र महिला सशक्तिकरण मञ्च दैलेखको आयोजनामा सञ्चानल भएको कार्यक्रममा राम ब विकले सहजीकरण गरेका थिए भने जाजरकोट नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले प्रशिक्षण दिएका थिए ।