सुर्खेत ।
नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
दलको नेतामा दाबी गरिरहेका राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंहको समर्थनमा उनी सर्वसम्मत भएका हुन्। शाही अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री छन्। उनी हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित थिए।