पत्रकार महासंघको केन्द्रिय साधारणसभा ८ गते देखि सुर्खेतमा हुँदै
  • विदुर न्युज

सुर्खेत ।

नेपाल प्रत्रकार महासंघको केन्द्रिय साधारण सभा पर्सी देखि सुर्खेतमा सुरु हुदै छ । पुस ८ र ९ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको हो ।

महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा महासंघ लागेको थियो । पर्सी सुरु हुने साधारण सभा कार्यक्रमको अन्तिम तयारी पुरा भइसकेको महासंघले जानकारी दिएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। साधारणसभाको उद्घाटन सत्र पुस ८ गते बिहान ९ बजे हुनेछ भने त्यसअघि बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी कार्यक्रम गरिने भएको छ।​

साधारणसभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिनेछ।

एक हजार ३१६ साधारण सदस्य रहेकोमा यो अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा ९नेजा र एन्जा० का पदाधिकारी सदस्य गरी ७५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए।

  • ६ पुष २०७९, बुधबार २०:३० प्रकाशित
  • सम्बन्धित