कट्टी गाउका दलित परिवारलाई राहत वितरण
  • विदुर न्युज

जाजरकोट ।

भेरी नगरपालिका ११ कट्टिगाउँका १ सय ४० घर दलित परिवारलाई डस्ना तथा पोलार व्लाङकेट वितरण गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघ स्वयम्भु हलचोक काठमान्डौंले एक कार्यक्रमका विच उनीहरुलाई उक्त सामाग्री वितरण गरेको हो । पटक, पटक कट्टीगाउँका दलित समुदायको आर्थिक अवस्था कम्जोर भएर घर नै छाडेर पलायन भएको देखि ऋणमा डुवेर घरखेत साहुको नाममा दिएको जानकारी आएपछि उक्त ठाउँमा राहत स्वरुप कपडा वितरण गरिएको संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले जानकारी दिइन् ।

Open photo
विगत लामो समयदेखि सशस्त्र प्रहरी बलमा आबद्द रहेका जगतिपुरका राजु हमालको विशेष पहलमा कट्टी गाउ बासीलाई राहत वितरण गरिएको हो । घर नजिकैको गाउको अवस्था निकै दैनिय देख्दा यस गाउको लागि कृही गर्न पर्छ भन्ने धेरै समय देखि लागेको हमाल बताउछन् । उनले यस गाउलाई नजिकबाट नियालेका थिए ।

साझ बिहान छाक टार्न कठिन पर्ने यस गाउका मानिस जाडो समयमा ओढ्ने र ओछ्याउने कपडा पाउदा निकै हर्षित भएका छन् । कपडा खरिद गर्ने रकम नहुँदा आफू समस्यमा परेको बताउने कटीगाउँकी सितली वरले आज पाएको राहतले यो हिउद पार गर्न सजिलो भएको बताइन । आफ्नो गाउको समस्यालाई नजिकबाट नियालेर सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल स्वयम् कार्यक्रममा आएर गाउको अवस्था बुझिदिएमा निकै खुसि भएको स्थानीय अमृत बिकले बताए ।

Open photo
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघको केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल, नं ५ बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक बिदुर खड्का नं ६ बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक निर कृष्ण अधिकारी महिला संघका केन्द्रिय पदाधिकारी तथा नं ६ बाहिनीका क्षेत्रिय पदाधिकारीहरु,भेरी नगरपालिकाकी उप प्रमुख सिता जैसी लगायतको उपस्थिति रहेको थियो ।

के हो कट्टी गाउ ?
कट्टी गाउमा करिब १ सय ६० घरधुरी दलित परिवार छन् । यस गाउका दलित परिवारले अहिलेसम्म पनि सरकार भएको आभाष गर्न पाएका छैनन् । गाउगाउमा सिंह दरबार भन्ने नारा यहाका वासिन्दाका लागि उखानको रुपमा मात्र प्रयोग भएको लाग्छ । शिक्षा,स्वास्थ्य,रोजगार,खानेपानी लगायतका कुनै पनि सेवाले यस गाउका मानिसलाई छोएको छै्रन । साहुको ऋणको चपेटामा परेका यस गाउका मानिस कमाउन लाहुर जानु बाहेक अरु कुनै बिकल्प छैन । तर सरकार कहिलै सरकार भएको महसुस गराएको छैन । यस गाउमा करिब ७ सय मानिसको बसोबास छ । तर अहिले सम्म ब्याचलर पास २ जान,१२ कक्षा पास ४ जना र एस.ई.ई. पास जम्मा ८ जना मात्र छन् । बाकि सबै मानिस औलाको छापको भरमा छन् । यसरी नै राज्यको ध्यान गए यो गाउले साच्चिकै राहत पाएको महसुस गर्ने थियो ।Open photo

  • ५ पुष २०७९, मंगलवार २१:०३ प्रकाशित
  • सम्बन्धित