राष्ट्रपतिद्वारा सरकार गठनको आह्‍वान
  • विदुर न्युज

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै दलहरू सरकार गठनमा जुटिसकेका छन्। सरकार कस्को नेतृतवमा गठन हुन्छ भन्ने कुरा यसै भन्न सकिने अवस्था भने छैन । सत्ता गठबन्धनको ठुलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा अफ्नो दाबी अडान गर्दै आएको छ । नेकपा माओवादी केन्द्रले पनि आफुनो नेतृत्वमा सरकार गठन हुनु पर्ने दाबी गरेको छ । तर बहुमत जुटाउन सक्ने पार्टीको नेतृत्वमा सरकार गठन हुनेछ ।

  • ३ पुष २०७९, आईतवार १९:५१ प्रकाशित
  • सम्बन्धित