जाजरकोट ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटद्दारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार अस्थाइ प्रहरी पोष्ट ठाँटीको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो ।
शनिबार भेरी नगरपालिकाको वडा नं ३ थाप्ले त्रिभुवन मा विदेखि नयाँ बस्तीसम्म सरसफाइ गरिएको थियो ।
समुदायसँग प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त सरसफाइ कार्यक्रम सञ्चालन गरेको प्र.स.नि धन सिंह ठकुरीले जानकारी दिनुभयो । उक्त सरसफाइ कार्यक्रममा स्थानीय,शिक्षक, विद्यार्थी र प्रहरी लगायत ३५ जनाको सहभागिता रहेको थियो ।