जाजरकोटमा शक्ति बस्नेत विजयी
  • विदुर न्युज

जाजरकोट । जारकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन्। नौ हजार ३१ मतान्तरले बस्नेत विजयी भएका हुन्।
उनले ३४ हजार एक सय ५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार एक सय २० मत पाए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए। बस्नेतले योसँगै तीन पटक संदसदीय निर्वाचन जिते। २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए।

नेकपा माओवादी केन्द्र का उपमहासचिवसमेत रहेका शक्ति बहादुर बस्नेत २०२८ साल वैशाख १ भेरी नगरपालिका–१ कालेगाउँमा जन्मिएका हुन्।

२०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रीय समन्वय समिति सदस्य भए। २०४९ सालदेखि पार्टीको जाजरकोट जिल्ला सेक्रेटरीको भूमिकामा रहे।

२०५१ सालदेखि नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को पश्चिम क्षेत्रिय व्यूरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए। उनी २०५५ सालमा नेकपा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य भए भने २०५७ सालमा केन्द्रीय सदस्य भए।

  • ८ मंसिर २०७९, बिहीबार ०८:५९ प्रकाशित
  • सम्बन्धित