जाजरकोटमा शक्ति बस्नेत अगाडि बढ्दै
  • विदुर न्युज

जाजरकोट । जाजरकोटमा प्रतिनिधी सभा तथा प्रदेश सभाको मत गणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले चार हजार तीन सय ८८ मत गणना हुँदा दुई हजार दुई सय ८५ मत प्राप्त गरि अग्रता लिएका छन् । एमालेका निरज आचार्यले एक हजार सात सय ७६ मत प्राप्त गरि पछ्याईरहेका छन् ।
त्यस्तै प्रदेश सभा क तर्फ नेपाली काँग्रेसका बेदराज सिंहले ६ हजार ६ सय ७५ मत गणना हुँदा चार हजार ५७ मत प्राप्त गरि अग्रता लिएका छन् । एमालेका डम्बर सिंहले दुई हजार दुई सय ६१ मत प्राप्त गरेका छन् ।
जाजरकोट प्रदेश ख मा ६ हजार ८ सय ७७ मत गणना हुँदा नेपाली काँग्रेसका राजिव विक्रम शाहले तीन हजार ६ सय ६६ मत प्राप्त गरि अग्रता लिएका छन् । एमालेमा खिमबहादुर शाहीले दुई हजार ६ सय ७५ मत प्राप्त गरेका छन । जाजरकोटमा ६५ हजार ९ सय ६१ मत खसेको छ ।

  • ६ मंसिर २०७९, मंगलवार ०८:२० प्रकाशित
  • सम्बन्धित