प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाका विकल्पमा स्वतन्त्रबाट निर्वाचनमा उभिएका सागर ढकाल अहिलेको मत परिणाम हेर्दा निकै पछाडी परेका छन् । २ हजार मत गणना भएकोमा देउवाले ९ सय ४८ ल्याउदा ढकालले ४ सय २२ मत ल्याएका छन् । नेपाली कांग्रेस(विपि)को तर्फबाट उम्मेदवार दिएका कर्णबहादुर मल्लले ४ सय २५ मत ल्याएका छन् । अहिलेसम्मको मत परिणाम हेर्दा ढकाल तेस्रो स्थानमा छन् । डडेल्धुरामा खसेको कुल मत ५१ हजार ६ सय ६० हो । मत गणना अझै जारी नै छ ।