हिमाली जिल्ला डोल्पाका ६८ मतदान केन्द्र मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै आइपुगेको छैन।। अहिले सम्म ३७ वटा मतदान केन्द्र को मात्रै मतपेटिका सदरमुकाम आइपुगेको मुख्य निर्वाचन अधिकृत को कार्यालय डोल्पाले जानकारी दिएको छ। उपल्लो डोल्पा का २२ वटा मतदान केन्द्र हरु मध्य ३ वटा मतदान केन्द्र हरुको मतपेटिका नेपाली सेना को हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदी ले जानकारी दिए। नेपाली सेनाको हेलिकप्टर ढिला गरी आएकोले पनि आज डोल्पोबुद्ध गाउँपालिका का ३ वटा मात्र मतदान केन्द्र को मतपेटिका ल्याइएको उनले बताए।
मंगलबार बिहान देखी नै बाँकी १९ वटा मतदान केन्द्र का मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम ल्याउने तयारी रहेको समेत जानकरी दिए।। तल्लो डोल्पा का केहि मतपेटीका भने हेलिकप्टर को प्रखाईमा रहेको कारण मतपेटिका न उठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पा ले जानकरी दिएको छ।। जिल्लाको ठूलीभेरी नगरपालिका , त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका र , काइके गाउँपालिका को मतपेटिका सदरमुकाम सम्म आइपुगेर भण्डारण समेत गरेको मुख्य निर्वाचन अधिकृत ले जानकरी दिए।। भौगोलीक विकटता को कारणले गर्दा पनि मतपेटिका सदरमुकाम सम्म ल्याउन मुश्किल परेको छ। अझैं धेरै मतपेटिका हरु आइनपुगेको मतगणना गर्न अझै केही दिन ढिलाइ हुने भएको छ।