जाजरकोट । भेरी नगरपालिका १ नं वडाको भुकम्प पिडित कोल्चौर गाउलाई इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोगमा उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो ।
गत ०८० साल कात्तिक २७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले यस वडालाई धेरै क्षति पु¥याएको थियो । कोल्चौर गाउँमा पनि एकै घरमा ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गाले बनाइएका कारण गाउका सबै घरहरु भत्केका थिए । यस गाउले मानविय क्षति संगै भौतिक क्षति पनि व्यहोर्नु परेको थियो ।
भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हुने भएकाले यस इट्टाको प्रयोग गर्न लिम्बुले अनुरोध गरे ।
गाउलेहरुलाई करिब दुइ वर्षसम्म निःशुल्क रुपमा मेसिन उपलब्ध गराइने छ । हाललाई छ महिनासम्मको सम्झौता पत्र बनाइएको छ । जसमा पहिलो पक्ष गाउले दास्रो पक्ष संस्था र निगरानी गर्नलाई तेस्रो पक्ष वडा कार्यालयलाई राखिएको छ । गाउलेहरुले चार दिनसम्म इट्टा बनाउने तालिम सिकाइने छ । संस्थाले आवश्यकता अनुसार अन्य प्राविधिक सेवा पनि प्रदान गर्ने लिम्बुले बताए ।
त्यस्तै संस्थाले भुकम्प पिडित गाउलाई यस्तो मेसिन निःशुल्क वितरण गरेर पुण्य काम गरेको अध्यक्ष रानाले बताए । यस मेसिनले गाउमा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । त्यस्तै कोल्चौर गाउ नमुना भएकाले सबै जनाले एकै डिजाइनको घर बनाउन पनि अध्यक्ष रानाले अनुरोध गरेका छन् । मेसिनलाई जोगाएर राख्न पनि गाउलेलाई आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य मनिराम परियार र डोटे नेपाली,गैसस महासंघका जिल्ला अध्यक्ष सहदेब बस्नेत,पत्रकार प्रेम विश्वकर्मा लगायत अन्य गाउलेहरुको उपस्थिति रहेको थियो ।