असार १५ दहि चिउरा खानेदिन,जाजरकोटमा दहिको अभाव
  • विदुर न्युज

जाजरकोट । आज असार १५ अर्थात दहि चिउरा खाने दिन तर जाजरकोटमा भने दहिको अभाव रहेको छ । जिल्लामा रहेका दुध डेरीमा दहिको अभाव छ ।
विहानै देखि जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा दहि लिनका लागि नागरिकहरु डेरीमा पुग्छन् । तर डेरीमा दहि नपाए पछि फर्कन बाध्य छन् । “आज दहि र चिउरा खाने दिन हो तर डेरीमा दहि नै छैन,” भेरी नगरपालिका निवासी तुलसा वि क दुःख व्यक्त गर्छिन् ।

पछिल्लो समय कृषकहरुले भैसी पाल्न छोडेकाले जिल्लामा दहिको अभाव भएको डेरी मालिक विवेक वलीको भनाइ छ । कृषकहरुले दहि उत्पादन गर्न नसक्दा बजारमा माग अनुसार पु¥याउन नसकेको वलीको भनाइ छ । सामान्य अन्य दिनहरुमा त माग अनुसार पूर्ति गर्न सकिदैन आज झन् दहि नै चाहिने दिनमा कसरी पु¥याउनु, वलीको भनाइ छ ।

स्थानीय सरकारले कृषकहरुलाई विशेष प्रोत्सहान प्रदान गरी बजारीकरणको व्यवस्थापन गर्न सके जिल्लामा दहिको उत्पादनमा वृद्धि हुने कृषकहरुको अपेक्षा रहेको छ । उत्पादन गरे पनि बजारसम्म पु¥याउन कठिन भएको कृषकहरु बताउछन् ।

परापूर्वकालदेखि असार १५ मा दहि चिउरा र साउन १५ मा खिर खाने प्रचलन छ । आज देशभरी दहि चिउरा खाएर धान दिवस मनाइदै छ ।

  • १५ असार २०८२, आईतवार ११:२३ प्रकाशित
  • सम्बन्धित